भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Advertisement
data-adsbygoogle-status="done">
काठमाडौँ,
१५ असोज, राम्रो लाउने र मीठो खाने चाड दशैं । अझ मासु खाने पर्वका
रुपमा दशैंले ख्याती पाएको छ । त्यसैले अरु समयमा भन्दा दशैका बेला मासुको खपत बढी
हुने गर्दछ । तर याद गर्नुस यदि तपाईंले खाने मासु अस्वस्थ प¥यो भने चाहीं दशैंमा खाएको मासु जिन्दगीभरका
लागि दशा बन्न सक्छ । दशै अर्थात मासु खाने चाड । विभिन्न देवी शक्ति पीठमा बली
दिने परम्परा रहि आएको छ । त्यसो शरीरलाई चाहिने आवश्यक प्रोटिन मासुबाट प्राप्त
गर्न सकिने भएकाले मासुको उपभोग महत्वपूर्ण छँदैछ । तर अस्वस्थ मासुबाट लगभग एकसय
साठी प्रकारका रोगहरु लाग्ने चिकित्सकहरु बताउँछन् । उनीहरुले दशैंका बेलामा
मासुको खपतसँगै धेरै रोग निम्तिने भएकाले सचेत रहन सुझाव पनि दिएका छन् । रोगी
जनावरको मासुबाट सोलियस, टिनिया साजिनाटा,
ट्राकिनेल्ला, स्पाइलिस, फ्यासकिओला
हेपाटोका, ब्याक्टेरिउल साथै
क्षयरोग लगायतका रोगहरु सर्ने सम्भावना भएको चिकित्सकको भनाई छ । मृत पशु, झाडा पखाला, सङ्क्रामक रोग लागेका पशु र काँचो मासुको प्रयोगले विभिन्न
प्रकारका जुका मानिसको शरीरमा प्रवेश गर्ने र शरीरलाई हानी पु¥याउने गर्दछ । अस्वस्थ मासुको प्रयोगले
क्यान्सर जस्ता महारोग लाग्ने चिकित्सकहरु बताउँछन् । परम्परा धान्नैका लागि मासु
प्रयोग हुने तर मासुबाट हुन सक्ने खतराबाट प्रयोगकर्ताहरु अनभिज्ञ रहेका छन् ।
बिक्रेताहरु भने आफूले बेच्ने मासु स्वस्थ र खपतका लागि उपयुक्त भएको दाबी गर्छन्
। शक्ति पीठहरुमा बली दिनुपर्ने कारण पनि मासुमा विभिन्न प्रकारका संक्रमण
हुनसक्ने सम्भावना बढी हुन्छ । त्यसमाथि चाडवाडका बेला मौकामा चौका हान्न सकिने
नियतले ब्यापारीहरुले अस्वस्थ्य तथा बिरामी पशु बेच्ने गरेका छन् । मासु आयात
गर्ने प्रमुख नाकाहरुमा क्वारेन्टाइन भएपनि त्यसको हर्ने सरकारी निकायको निस्कृयता
र पर्याप्त चेतना नहु“दा मासुबाट
लाग्ने रोगको जोखिमबाट उपभोक्ता बच्न सकेका छैनन् । चिकित्सकका अनुसार एक स्वस्थ
ब्यक्तिलाई प्रत्येक वर्ष अठार किलो मासु वा सो सरहको प्रोटिनको आवश्यकता पर्दछ ।
त्यसका लागि मासुको प्रयोग उचित छ । तर खान पायो भन्दैमा अस्वस्थ मासुको प्रयोगले
स्वास्थ्यमा गम्भीर असर पुग्नेतर्फ सचेत रहनु जरुरी छ । यो दशैँ झन् मासु सेवनमा
विशेष रुपले सावधान रहने बेला हो ।
|
Advertisement
data-adsbygoogle-status="done"> |
