भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोसAdvertisementdata-adsbygoogle-status="done"> |
भारत ।भारतले प्रक्षेपण गरेको मंगलयान बुधबार मंगल ग्रहको कक्षमा सफलतापूर्वक प्रेवश गरेको छ । यो सफलता संगै भारतले पहिलो प्रयासमानै सफलता हात पारेर इतिहास रचेको छ ।
सेप्टेम्बर २४ बाट मिसनको निर्णायक चरण सुरु भएकोे मंगलयान बुधबार मंगलग्रहको बाहिरी सतहमा प्रवेश गरेको भारतीय अन्तरिक्ष एजेन्सीले जनाएको छ । मंगलग्रहमा यान पठाउने भारत चौथो राष्ट्र भएपनि पहिलो प्रयासमानै सफल हुने पहिलो राष्ट्र हो । अब यो यानले सबै कुरा सही भएमा ६ महिना सम्म मंगलग्रहको वातावरणको अध्ययन गर्ने बताइएको छ । यो यानले मंगलग्रहमा मिथेल ग्यासको खोजी, मानव बस्ती सम्भव छ या छैन , अन्य खनिज पदार्थको अवस्था के छ र ब्याक्टेरियाको उपस्थिति छ या छैन जस्ता प्रश्नको जवाफ खोज्ने भारतीय बैज्ञानिकरुले जनाएका छन । भारतको यो सफल परीक्षणले बिश्वको ध्यान केन्द्रित गरेको छ । सबै भन्दा कम बजेटमा भारतले यानको सफल अवतरण गराएको हो । भारतले यो मिसनमा जम्मा ४ सय ५० करोड रुपैया खर्च गरेको थियो । यो रकम अहिले सम्म अन्य देशले खर्च गरेको रकममा सबै भन्दा कम हो । यानले मंगलग्रहमा सफल प्रवेश गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि बैङलोरमा उपस्थिति रहेको थियो । कम बजेट तथा सीमित स्रोत र साधनका बाबजुत भारतीय बैज्ञानिकले गरेको अभुतपुर्व कामका लागि प्रधानमन्त्री मोदीले कृतज्ञता प्रकट गरेका छन । प्रधानमन्त्री मोदाीले हलिउडको चलचित्र ग्य्राभेटीको निमार्णमा भन्दा कम खर्च भारतको मंगलग्रह मिसनमा लागेको बताउदै ठुलो सफलता भएको प्रतिकृया दिए । यदि भारतले पठाएको यान पुर्ण रुपमा सफल भए भारतले अन्तरिक्ष बिज्ञानमा आफ्नो छुट्टै पहिचान बनाउनेछ । सन १९६० यता मंगलग्रहमा पठाइएका ५१ यान मध्ये २१ वटा मात्र सफल परीक्षण भएका छन ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Advertisement
data-adsbygoogle-status="done"> |
